NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ गुलाथ्व एकादशी - ११

इम्बोस्ड नम्बर प्लेट

सवारी साधनमा Embossed Number Plate जडान गर्ने प्रक्रिया:

1
हालसम्मकाे राजश्व चुक्ता नभएका सवारी साधनमा Embossed Number Plate जडान नगरिने हुँदा इम्बाेस्ड नम्बर प्लेटका लागि आवेदन दिनु पूर्व सवारीकाे सम्पूर्ण राजश्व चुक्ता भएकाे हुनुपर्नेछ ।

2
मिति २०७७।०३।२१ देखि विभागकाे वेवसाइट https://dotm.gov.np मा गई प्रथम पृष्ठमा रहेकाे 'इम्बाेस्ड नम्बर प्लेट प्रणाली' वटन थिची वा सिधै https://hsenp.dotm.gov.np मा गइ सवारीकाे सम्पूर्ण विवरण भरी अनलाइन आवेदन फारम बुझाइ आफूले बुझाएको फारम प्रिन्ट गर्न सकिनेछ ।

3
मिति २०७७/०४/०१ गते देखि दुई पाङ्ग्रे सवारीकाे लागि यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारा, काठमाडौंमा रहेको ग्लाेबल आईएमई बैंकको शाखामा रू. २,५००/- अन्य सवारीका हकमा यातायात व्यवस्था कार्यालय (साना/ठूला सवारी) एकान्तकुना, ललितपुरको राष्ट्रिय वाणिज्य बैँककाे शाखामा तीन पाङ्ग्रे सवारीकाे लागि रू. २९००/-, चार पाङ्ग्रे साना तथा मझाैला सवारीकाे लागि रू. ३२००/- र ठूला सवारीकाे लागि रू. ३६००/- इम्बाेस्ड नम्बर प्लेट वापतकाे राजश्व जम्मा गर्नुपर्नेछ ।

4
सवारीकाे कर चुक्ता सम्बन्धी अध्यावधिक कागजात, नम्बर प्लेट वापतकाे शुल्क जम्मा गरेकाे बैँककाे भाैचरकाे सक्कल प्रति र अनलाइन आवेदन प्रणालीमा उल्लेख गरिएका आवश्यक कागजात सहित अनलाइन आवेदनकाे प्रिन्ट-प्रति माथि उल्लेख गरिए अनुसारका कार्यालयमा प्रमाणिकरणका लागि बुझाउनुपर्नेछ ।

5
इम्बाेस्ड नम्बर प्लेटका लागि दिइएकाे आवेदन सम्बन्धित कार्यालय मार्फत प्रमाणिकरण भए पश्चात इम्बाेस्ड प्लेट छाप्ने प्रकृया शुरू हुनेछ । र प्लेट तयार भएकाे जानकारी सम्बन्धित आवेदकलाई SMS मार्फत गराइनेछ । इम्बाेस्ड प्लेट जडान गर्न आफूलाई उपयुक्त हुने मिति आवेदकले SMS मार्फत नै राेज्न सक्नेछन् । प्रणाली निर्धारित भइ SMS मार्फत आवेदकलाई जानकारी गराइए अनुसारकाे मितिमा निजि सवारीकाे हकमा सवारी धनि स्वयं उपस्थित भइ आफ्नाे biometric विवरण उपलब्ध गराइ तथा सरकारी वा संस्थानकाे स्वामित्वमा रहेका सवारीकाे हकमा आधिकारिक प्रतिनिधि उपस्थित भइ देहायका स्थानबाट सवारीमा इम्बाेस्ड नम्बर प्लेट जडान गर्न सकिनेछ ।

सवारीको प्रकार अनुसार इम्बोस्ड नम्बर प्लेट जडान गरिने स्थानहरू:

२ पाङ्ग्रे सवारीका लागि यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारा, काठमाडौं
३ र ४ पाङ्ग्रे सवारीका लागि यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी, एकान्तकुना, ललितपुर
सरकारी सवारीका लागि यातायात व्यवस्था विभाग, मीनभवन, काठमाडौं
प्रमाणीकरण भैसकेको मेसेज आएपश्चात SMS गर्ने तरिका:
Biometric को लागि: NP B 21 (Date तारिखमा) SMS to 31003
Appoinment को लागि: NP A 21 (Date तारिखमा) SMS to 31003
(इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धी विस्तृत जानकारी https://dotm.gov.np बाट प्राप्त गर्न सकिन्छ)