दुई वा सो भन्दा बढी प्रदेश भई संचालन हुने वा नेपालभर संचालन हुने सार्वजनिक सवारी साधनहरू (यात्रुवाहक/मालवाहक) को बाटो इजाजत पत्र, स्तर कायम, जाँचपास र प्रदूषण परीक्षण गर्ने कार्य देहाय बमोजिम गर्ने।
प्रस्थान वा गन्तव्यमा सवारी परीक्षण कार्यालय स्थापना भएको भए सोही सवारी परीक्षण कार्यालयले गर्ने ।
प्रस्थान र गन्तव्यमा दुवै विन्दूमा सवारी परीक्षण कार्यालय नभएको भए बाटोमा पर्ने सवारी परीक्षण कार्यालयले गर्ने ।
प्रस्थान , गन्तव्य र बाटोमा समेत सवारी परीक्षण कार्यालय नभएको भए प्रस्थान विन्दूको यातायात व्यवस्था कार्यालयले गर्ने ।
विदेशबाट पार्टपूर्जा तथा सामाग्री झिकाई नेपालमा जडान (एसेम्बल) हुने सवारी साधनको Road Worthiness Test गरी सोको प्रतिवेदन विभागमा पठाउने ।
रात्री सेवा, स्तरीय सेवा , डिलक्स तथा सुपर डिलक्स सेवामा संचालन हुने सार्वजनिक सवारी साधनको मापदण्ड अनुसार सवारी निरीक्षण गरी तोकिएको अवधि सम्म संचालनको स्वीकृति दिने ।
कुनै पनि सवारीको बडि विल्डिङ्ग तथा मर्मत कार्य गर्ने वर्कसप र च्यासिस आयातगरी वा निर्माण गरी इन्जिन लगायतका अन्य पाटपूर्जा, बडी समेत एसेम्बल गरी सवारी साधन तयार गर्ने कारखानाहरूको विभागको निर्देशानुसार अध्ययन गरी दर्ताका लागि सिफारिश गर्न र समय समयमा त्यस्ता कारखानाहरूको अनुगमन निरीक्षण गरी विभागमा प्रतिवेदन पठाउने ।
राष्ट्रिय लोकमार्ग वा अन्तरप्रदेश लोक मार्गमा हुने सडक दुर्घटना सम्बन्धी अध्ययन अनुसन्धान गर्ने ।
राष्ट्रिय मापदण्ड अनुसार सवारी चालक प्रशिक्षण केन्द्र, वर्कशप, कलकारखानाहरूको अनुगमन गर्ने र नियमित प्रतिवेदन विभागमा पठाउने ।
राष्ट्रिय लोकमार्गमा चल्ने सार्वजनिक सवारी साधनको अधिकतम गति निर्धारणको अधययन गरि सिफारिश गर्ने ।
अन्तरप्रदेश तथा राष्ट्रिय लोकमार्गमा चल्ने सवारी साधनहरूको नियमित स्थलगत अनुगमन (भाडादर, सिट क्षमता, बाटो इजाजत, जाँचपास आदि) गर्ने ।
प्रदेश अन्तर्गत रहेका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयहरूसँग संघले निर्माण गरेका मापदण्डहरूको कार्यान्वयनमा समन्वय गर्ने र ती कार्यालयका कर्मचारीहरूलाई आवश्यकतालीम तथा राय सुझावहरू प्रदान गर्ने ।
Vehicle Fitness Test Center (VFTC) को निर्माण गरी नियमित संचालन तथा मर्मत संभार गर्ने व्यवस्था मिलाउने ।
यातायात व्यवस्थापन क्षेत्रमा गर्नुपर्ने अध्ययन अनुसन्धानका विषयमा विभागको निर्देशन तथा सहमतीको आधारमा आवश्यक अध्ययन अनुसन्धान गरी विभागमा पठाउने ।
सवारी साधनहरूको प्रदूषण अनुगमन गर्ने तथा प्राविधिक अनुगमनमा आवश्यक सहयोग गर्ने ।
विभागले समय समयमा तोकेका अनुसन्धात्मक र अध्ययन सम्बन्धी कार्यहरू गर्ने ।
सरकारी तथा सार्वजनिक निकायहरूलाई आवश्यक सवारी साधन सम्बन्धी प्राविधिक परामर्श सेवा उपलब्ध गराउने ।