वि.सं:
नेपाल संवत: ११४५ गुलागा द्वितीया - १७
परिचय
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नीतिगत व्यवस्था बमोजिम मानिसको अवागमन र वस्तुहरुको ओसारपोसारको लागि सुरक्षित, भरपर्दो, सुलभ र वातावरणमैत्री यातायात सेवा उपलब्ध गराउनु विभाग र मातहतका सवारी परीक्षण कार्यालयहरुको मुख्य उद्धेश्य हो।
सोहि उद्धेश्य पूर्ति गर्ने हेतु नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ,यातायात ब्यबस्था बिभाग अन्तर्गत संघीय प्रणाली आउनु पुर्व नै यो कार्यालयको स्थापना भएको हो Iविश्वमा सडक दुर्घटनाको संख्याको तुलनामा नेपालमा यो संख्या संघीय प्रणाली आउनु पुर्व वा पछि पनि धेरैनै रहेको छ I यो दुर्घटना के कारणले हुन सक्दछ भन्ने गम्भीर प्रश्न यातायात व्यवस्था विभागको समक्क्ष प्रस्तुत गरिइएको थियो I सवारी दुर्घटना हुनुमा चालक, बाटो, यान्त्रिक र बातावरण गरी चार कारणलाई मुख्य मानिन्छ। विश्वका विभिन्न देशमा भएको अध्ययन अनुसार १२ प्रतिशत यान्त्रिक कारणले दुर्घटना हुने गरेको तथ्यांक छ। तर नेपालको सन्दर्भमा भने यो बढी हुनसक्ने हुँदा Root cause analysis सिद्धान्तअनुरुप परीक्षण र निरीक्षण दुवै विधिबाट कारण पत्ता लगाउनु आवसयक देखिन्छ I परीक्षण र निरीक्षण दुवै विधिबाट सवारीको ब्रेक फोर्स कति छ, एक्सएल लोड कति, टायरको सिलिप कति जस्ता प्रविधिक कुरा पत्ता लगाउन सकिन्छ। यसरी परीक्षण गरिएका सवारी ब्रेक फेल हुने, टायरमा समस्या आउने लगायत कारणले दुर्घटना हुनबाट जोगाउने उदेश्य साथ यो कार्यालयको स्थापनाको निमित सरकारले आर्थिक वर्ष २०६६/०६७ मा बजेट विनियोजन गरी सवारी परिक्षण केन्द्र निर्माण सुरु गरेको थियो।
यस कार्यालयमा दुईवटा आधुनिक फिटनेस टेस्ट लेन रहेका छन् । यी लेनमा सवारीको अगाडि र पछाडिको पांग्रामा कति भार हुनुपर्ने, सवारीको क्षमताअनुसार भार बोक्दा ब्रेकले काम गर्छ या गर्दैन, प्राविधिक जाँच, सस्पेन्सन (पाँग्राको साइड स्लीप), हर्न, हेडलाइट लगायतको पूर्ण विवरण कम्प्युटरले नै प्रिन्ट गर्ने गरि परीक्षण गरिन्छ।
यस सवारी परीक्षण कार्यालय, टेकुले बागमती प्रदेशबाट अन्य प्रदेशहरुमा जाने तथा अन्य प्रदेशहरुबाट बागमती प्रदेशमा आउने वा नेपाल भरी संचालन हुने सार्वजनिक सवारी साधनहरु(यात्रुवाहक, मालवाहक) को जाँचपास, बाटो इजाजत-पत्र प्रदान, स्तर कायम र प्रदुषण परीक्षण, रात्री सेवा, स्तरीय सेवा, डिलक्स तथा सुपर डिलक्स सेवामा संचालन हुने सार्वजनिक सवारी साधनको मापदण्ड अनुसार सवारी निरीक्षण गरी तोकिएको अवधिसम्म सञ्चालनको स्वीकृति दिने सडक दुर्घटनाको अध्ययन अनुसन्धान , सवारी कारखानाको नियमन वा निरीक्षण लगायतका कार्यहरु गर्दै आइरहेको छ I